ताजा अपडेट »

पाल्पाको रानीमहल सडकखण्डमा भारतीय नम्बरको कार दुर्घटना, चालकको मृत्यु

सोमबार, १० भदौ २०८१, ०७ : ५३
568 Shares
सोमबार, १० भदौ २०८१
568 Shares

बुटवल । पाल्पाको रानीमहल सडकखण्डमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन नगरपालिका-१ नारनडाँडा स्थित तानसेन रानीमहल सडक खण्डमा आइतबार राती पौने ११ बजेतिर उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहल तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागी मिसन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ। प्रहरीले उक्त दुर्घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।