ताजा अपडेट »

तिलोत्तमा-६ लाई आइएसो प्राप्त बनाउनका लागि सम्झौतामा हस्ताक्षर

आइतबार, ०९ भदौ २०८१, १६ : ४५
304 Shares
आइतबार, ०९ भदौ २०८१
304 Shares

तिलोत्तमा।  तिलोत्तमा नगरपालिका वडा न ६ लाई आइएसो प्रमाणिकरण गराउने बारे सम्झौता भएको छ । आइतबार वडा र आइएसो का प्रतिनिधि बिच भएको सम्झौता अनुसार एक वर्ष भरी ४७ वटा सूचकांक मा काम गरि वडाले उक्त काम पुर गरेमा आइएसो प्राप्त गर्न सक्नेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रम मा बोल्दै तिलोत्तमा नगरपालिका का प्रमुख रामकृष्ण खाणले पालिका उत्कृष्ट  रुपले अघि बढिरहेको सन्दर्भ  मा हरेक वडालाइ आइएसो प्राप्त बनाउन सके जनताको मन जितिने र निर्वाचित जनप्रतिनिधी र कर्मचारीले प्रभाबकारी तरिकाले काम गर्ने बताए ।

त्यस्तै आइएसो का कन्ट्रि म्यानेजर सुदिप शर्माले वडा न ६ को काम हेर्दा अत्यन्तै चुस्त देखिएकाले यस वडाले सूचकांक पूरा गर्ने तर्फ ध्यान दिएर काम गर्नुपर्ने जनाए । वडाध्यक्ष गणेश  पाठकले नगर भित्रका सबै वडा मध्ये ६ ले पहिलो मौका पाएकाले यसलाइ पूरा गर्न आफू र टिम लाग्ने बताए ।उनले यसका लागि वडाबासीको साथ महत्वपूर्ण रहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।