ताजा अपडेट »

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

आइतबार, ०९ भदौ २०८१, १६ : ४१
58 Shares
आइतबार, ०९ भदौ २०८१
58 Shares

काठमाडौँ । बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।

यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिंग घोषणा गर्दै बंगलादेशलाई ब्याटिंगका लागि बोलाएको थियो । बंगलादेशले आफ्नो पहिलो इनिंगमा ५६५ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो । यो जितपछि बंगलादेशले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ । बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक्क एक खेलमा पराजित गरेको छ भने न्यूजील्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ । अब सिरिजको दोस्रो खेल अगस्त ३० गतेदेखि शुरु हुने छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।