ताजा अपडेट »

प्राप्त जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री आचार्यको निर्देशन

आइतबार, ०९ भदौ २०८१, १५ : ५२
50 Shares
आइतबार, ०९ भदौ २०८१
50 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने तर, पूरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताएका छन् । निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको भन्दै समयमा जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिन आग्रह गरे । 

दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार मुख्य नारासहित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिवेसनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिहरको समेत जानकारी दिए । ‘निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्ने कि नगर्ने । अहिले आयोजनाहरु अलपत्र देखिन्छन्’ उनले भने, ‘काम पूरा गर्न, भुक्तानी लिन असार किन किर्नुपर्छ ? पहिलेनै काम सम्पन्न गर्न केले रोक्छ ?’ सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको समेत जानकारी दिए । योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले निर्माणको कामलाई प्रतिस्पर्धाको माध्यमबाट अघि बढाउन खोजेको उल्लेख गरे ।

निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन आग्रह गरे । नेपाल निर्माण उद्योग परिषद लुम्बिनीका अध्यक्ष टोपबहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्म चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायी सँगै जानुपर्ने बताइन् । ‘सरकारले बनाउने हरेक कामलाई निर्माण व्यवसायीले पूर्णता दिनुपर्छ । समयमा योजना सम्पन्न गर्नेगरी यहाँहरुले ध्यान दिनुहुनेछ’–उनले भनिन्, ‘समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्ने दायित्व सबैको हो ।’ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य अशोक कुमार केसीले सरकारले खरिद नियमावीलाई समयानकुल बनाउनुपर्ने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।