ताजा अपडेट »

नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट

आइतबार, ०९ भदौ २०८१, १५ : ४०
42 Shares
आइतबार, ०९ भदौ २०८१
42 Shares

काठमाडौं । नेप्सेमा आज ठुलो गिरावट आएको छ । आइतबार नेप्से ७९.८८ अङ्कले घटेर २८९४.५७ विन्दुमा पुगेको छ । आइतबार ३३३ कम्पनिको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै आज वीन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ । त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिकै सबै भन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता शेयर कारोबार भएको छ ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।