ताजा अपडेट »

सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाद्वारा लिडर्स सम्मान

आइतबार, ०९ भदौ २०८१, १२ : ५६
220 Shares
आइतबार, ०९ भदौ २०८१
220 Shares

बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाले लिडर्स सम्मान साथै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वर्ष ८०/८१ का उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको शाखाका शाखा प्रमुख बिनिता श्रीसले बताइन् । 

देवदह नगरपालिकाको उप प्रमुख बिधा लक्ष्मी गुरुङको प्रमुख आथित्यता बुटवल रिजनल हेड दुर्गा राज ढकालको विशिष्ठ आथित्यतामा शाखाको सिनियर एजेन्सी म्यानेजर डबल एम डि आर टि कमला थापाको स्वागत र् एजेन्सी म्यानेजर पार्वती न्यौपानेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 

उत्कृष्ट एजेन्सी कमला थापा, फुलमाया श्रीस, मित्रलाल न्यौपाने, कमला कुँवर, पार्वती न्यौपाने, भोजा कुँवर , ईन्द्र लक्ष्मी राना , सपना गाहा र् निशा गुरुङ सम्मनित भएका हुन् । कार्यक्रममा ६५ जना अभिकर्ता ज्यु को सहभागीता रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।