ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटिद्वारा इलाका प्रहरी बुटवलमा स्तनपान कक्ष निर्माण

आइतबार, ०९ भदौ २०८१, ११ : १३
40 Shares
आइतबार, ०९ भदौ २०८१
40 Shares

बुटवल । लायन्स क्लब अफ बुटवल  स्मार्ट सिटिले  सामाजिक  उत्तरदाहित्व बहन गर्दै स्तन पान कक्ष   निर्माण गरेको छ । संस्थाका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा इलाका प्रहरी कार्यालय  बुटवलमा स्तनपान कक्ष  तथा बाल उधान निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको छ।  

लायन्स इन्टरनेशनल ३२५ पि का  डिस्टृक गभर्नर एमजेएफ पुरुषोत्तमभक्त  प्रधानाङ्गको प्रमुख अतिथीमा ईलाका  प्रहरी कार्यालय  बुटवलका कार्यालय  प्रमुख,  प्रहरी नाएब उपरीक्षक  बिजय राज पण्डितको विशेष उपस्थितिमा , सेकेन्ड भिडिजे सन्दीप कशौधन , प्रहरी निरीक्षक  दिपेन्द्र  बानिया , डिस्टृक डेपुटी चिफ खेम थापा ,एरिया चिफ एमजेएफ शान्ती पाठक , रिजन चियरपरसन    सुरेन्द्रमान भारि, जोन चियरपर्सन   शान्ती सेन्चुरि ,डिस्टृक डिपाटमेन्ट चियरपर्सन   जित बहादुर रानाको अतिथिमा  कार्यक्रम  सम्पन्न गरेको हो।

कार्यक्रमको  सन्चालन सचिव जीवन श्रेष्ठले   गरेका थिए भने   संयोजक  स्मार्ट  सिटिका प्रदिप भट्टराई र सेराज मियाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सुरेन्द्र मान भारीले व्यक्त गरे । प्रहरी कार्यलयमा विभिन्न उदेश्यले महिला तथा बच्चा आउने र महिलालाई महिनाबारी  हुँदा समस्या सिर्जना  हुने तथा श्रीमान र श्रीमतको झगडाले गर्दा  सँगै आयका बच्चाहरुलाई मानसिक रुपमा नकारात्मक असर पर्ने भयकोले गर्दा यो कार्यक्रमले न्यूनीकरण  गर्ने भन्दै  प्रमुख अतिथी  तथा विशिष्ट  अतिथीले धन्यवाद  व्यक्त गरे । लायन्सको यस्तो कार्यक्रम  बुटवलमा  नमुना भयको  पनि उपस्थिति  सम्पुर्ण  ले प्रतिक्रिया  दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।