ताजा अपडेट »
व्यवसायीको विवाद :

बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात

आइतबार, ०९ भदौ २०८१, १० : ०६
7.67K Shares
आइतबार, ०९ भदौ २०८१
7.67K Shares

बुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा आज आइतबारदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल ब्यापार मेलामा तोडफोड तथा हातपात भएको छ । मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोग गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात भएको हो । 

नेपाली लुगा घरको आयोजनामा दशैसम्म मेला लाग्ने बताइएको थियो । उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो । मेला आयोजक मुल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालका अनुसार विहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरु तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरुलाई समेत हातपात गरेका थिए । मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए । उता रुपन्देही व्यापार संघले यसअघि नै उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो । 

मेला स्थलमा तोडफोडको विषयमा संघका अध्यक्ष दिपक अधिकारीले भने आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । यद्यपी उक्त मेलाबाट स्थानीय व्यवसायी मर्कामा पर्ने भएकाले संघले मेला रोक्न ध्यानाकर्षण गराएको उल्लेख गरे । 

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने बताइएको मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था गरिएको मेला आयोजकले बताएका थिए । दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावर लक्ष्यसहित मेला आयोजना गरिएको थियो । 

यस्तो छ व्यापार संघको ध्यानाकर्षण पत्र : 

WhatsApp Image 2024-08-25 at 9.27.18 AM


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।