ताजा अपडेट »

रामेछापमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ५ वेपत्ता

आइतबार, ०९ भदौ २०८१, ०८ : १४
66 Shares
आइतबार, ०९ भदौ २०८१
66 Shares

रामेछाप । रामेछापको सैलुङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । गएराति सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा पहिरोले ३ वटा घर बगाएको हो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको उनले बताए । गएराति ११ः४५ बजे माथिबाट खसेको पहिरो परेर कम्तीमा ५ जना बेपत्ता भएको उनले बताए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।