ताजा अपडेट »

साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

आइतबार, ०९ भदौ २०८१, ०८ : ००
100 Shares
आइतबार, ०९ भदौ २०८१
100 Shares

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समुह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । 

त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।