ताजा अपडेट »
बेहुली फ्रम मेघौली

चलिचत्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

आइतबार, ०९ भदौ २०८१, ०६ : ४९
28 Shares
आइतबार, ०९ भदौ २०८१
28 Shares

काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित चलिचत्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ। सिनेमा हलमा गत हप्ता नै रिलिज भएको फिल्मको टिजर युट्युबमा शनिबार मात्रै  सार्वजनिक गरिएको हो। सामाजिक कथामा कमेडी मिश्रित फिल्मको टिजरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ।

टिजरमा नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको छ। स्वस्तिमालाई विवाहका लागि दुलाह खोजिरहेकी ३० वर्षीय युवतीका रूपमा टिजरमा देख्न सकिन्छ।चलिचत्र मा निश्चललाई अस्ट्रेलिया रिटर्न युवाका रूपमा प्रस्तुत गरिएको छ।
चलिचत्र मा निश्चल र स्वस्तिमा सहित वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेकाे छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलिचत्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ। यो उनीहरूको डेब्यु निर्देशन हो। यो चलिचत्र दसैँ घटस्थापना अर्थात् असोज १७ गते प्रदर्शनमा आउँदै छ।

अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा श्रीमान् निश्चल बस्नेतले सघाएका छन्। चलिचत्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्। अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलिचत्र नरेन्द्र मैनालीले खिचेका हछन्। चलिचत्र लाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दै छन्।

टिजर हेर्नुहाेस

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।