ताजा अपडेट »

अवरुद्ध बुटवल-पाल्पा सडक ४ घण्टापछि एकतर्फी खुल्यो

शनिबार, ०८ भदौ २०८१, २० : २१
272 Shares
शनिबार, ०८ भदौ २०८१
272 Shares

बुटवल । पहिरोले दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(पाल्पा सडक ४ घण्टापछि एकतर्फी सुचारु भएको छ । पाल्पाको तिनाउ–३ स्थित हेडबक्स र सिद्धबाबा मन्दीको बीचमा दिउँसो करिब पौने ४ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध बनेको थियो । 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार एकतर्फी सडक सुचारु भएपछि पहिरो सफाईको काम भने जारी रहेको छ । सडक खुलाउनका लागि ३ वटा स्काभेटर प्रयोग गरी काम भैरहेपनि सवारीको चाप बढी भएकाले पहिरो पूर्ण रुपमा सफागरी दुईतर्फी सञ्चालन गर्न थप समय लाग्ने बताइएको छ । 

सडक अवरुद्ध भएपछि गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा, लगायतका ठाउँबाट पाल्पा हुँदै आएका सवारी साधनहरु बाटोमै रोकिएका थिए । यसैगरी बुटवल–पाल्पा हुँदै विभिन्न गन्तव्यमा जाने सवारी साधन पनि बीच बाटोमा अलपत्र परेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।