ताजा अपडेट »

चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पुनः पोखरेल

शनिबार, ०८ भदौ २०८१, २० : ०२
512 Shares
शनिबार, ०८ भदौ २०८१
512 Shares

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि टङ्क  प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष (जिल्ला नगर) जे.पी. कंडेल, उपाध्यक्ष (बस्तुगत) चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष (एशोसिएट) लोकहरि श्रेष्ठ चयन भएका छन् । 

त्यस्तै महासचिबमा शिव ज्ञवाली कोषाध्यक्षमा खिम बहादुर खत्री, सचिबमा अजय न्यौपाने निर्बाचित भएका छन् । सद्स्यहरुमा  युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली मन्जु, सुकदेब बेल्बासे तेज बहादुर बुढा, नुरुद्दिन शाह,मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम निर्बाचित भएका छन् । आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट निर्बाचित पदाधिकारी तथा सद्स्यहरुलाइ प्रमुख निर्बाचन अधिकृत बिनोद गौतमले प्रमाणपत्र वितरण गरेका थिए । 

यसै बीच अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताए । कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उनले बताए । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताए ।

मुलुकमा राजनीतिक स्थायित्वका निम्ति २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचांक उकालो लागिरहेको उनले बताए । अब व्यावसायीका निम्ति आसाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।