ताजा अपडेट »

बुटवलमा कार्यालय प्रमुखहरूका लागि तनाव विसर्जन कार्यशाला

शनिबार, ०८ भदौ २०८१, २० : ०३
38 Shares
शनिबार, ०८ भदौ २०८१
38 Shares

बुटवल। बुटवलमा कर्मचारीहरूका लागि तनाव विसर्जन कार्यशालामा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाकाे ब्यवस्थापनमा भएको कार्यशालामा जिल्ला स्थित कार्यालय प्रमुख तथा अधिकृतहरूकाे सहभागीता रहेको थियो ।

कार्यशालाकाे शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेले काम गर्ने क्रममा कर्मचारीहरूमा आउने तनाव ब्यवस्थापनमा कार्यशालाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले कार्यस्थलमा काम गर्ने क्रममा कार्यालय प्रमुखलाई बिभिन्न किसिमका तनावकाे सामना गर्नुपर्ने अवस्था रहेको भन्दै कार्यशालाले केहीहदसम्म भए पनि तनाव ब्यवस्थापन हुने बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेय,उपप्रमुख साबित्रादेवी अर्याल,प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालसहित जिल्ला स्थित कार्यालयका प्रमुखहरू गरी दुई सय बढीको सहभागीता रहेको कार्यशालामा जिवन विज्ञान नेपाल का संस्थापक याेग गुरू रमेश प्रसाद नेपालले तनाव ब्यवस्थापनमा उपयोगी याेगाभ्यास गराएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।