ताजा अपडेट »

सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्वराष्ट्रपति भण्डारी

शनिबार, ०८ भदौ २०८१, १८ : ५०
18 Shares
शनिबार, ०८ भदौ २०८१
18 Shares

पाटन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छन् । 

भक्तपुर विकास सहयोग सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा ३०औँ खोपृङ सम्मान कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरको रुपमा परिचित भएको बताइन् ।

“सांस्कृतिक धरोहर, ऐतिहासिक सम्पदाले सजिएको भक्तपुर पूर्खाको पौरखबाट सृजित उन्नत सहरको रुपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो”, उउनले भनिन् । 

पूर्वराष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग सङ्घले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । सङ्घले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।