ताजा अपडेट »

रोटरी क्लब अफ बुटवल चौतारीमा विभिन्न रोटरीयनहरुको क्लासिफिकेशन

शनिबार, ०८ भदौ २०८१, १२ : ०९
164 Shares
शनिबार, ०८ भदौ २०८१
164 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीको वर्ष २०२४/२५ को सातौं तथा क्लवको २१६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो ।

शनिबारको बैठकमा विभिन्न रोटरीयनहरुले क्लासिफिकेशन अन्तर्गत आफ्नो व्यावसायिकताबारे धारणा राखेका थिए ।  त्यस अवसरमा उनीहरुले रोटरीले अनुशासन र सामाजिक उत्तरदायित्व सिकाएको र त्यसबाट आफुहरु प्रभावित भएर रोटरीमा प्रवेश गरेको जानकारी गराए । मानिसमा चेतनाको विकास गर्न रोटरी जस्ता सामाजिक संस्थाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनीहरुले हरेक नागरिकले सेवालाई अवसरको रुपमा लिएर त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिए । उनीहरुले आफ्नो स्वार्थमा कहिल्यै नलागेर सामाजिक काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । 

रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लवमा रोटरीयनहरुको सक्रियताले विभिन्न गतिविधि अगाडि बढाउन सहज भएको बताए । रोटरी क्लव अफ बुटवल चौतारीमा नयाँ सदस्यताको प्रमाणपत्र लिंदै जिल्ला अदालत पश्चिम नवलपरासीका न्यायाधीश हरिप्रसाद पंगेनीले आफूमा पनि सामाजिक क्षेत्रमा काम गर्ने हुटहुटी पैदा भएकाले रोटरीमा प्रवेश गरेको बताए । बैठकमा रोटरीयनहरु सुवाश घिमिरे, ज्योती पौडेल, पशुपति पौडेल, भवगवती पाण्डे, भिम पौडेल, चन्द्रकान्त खनाल, इन्टर्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डे लगायतले क्लासिफिकेृशन अन्तर्गत आफ्नौ व्यावसायिक क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।