ताजा अपडेट »

देवदहमा दर खाएका २ दर्जन बढी महिला एकसाथ बिरामी

शनिबार, ०८ भदौ २०८१, ०९ : ५२
1.65K Shares
शनिबार, ०८ भदौ २०८१
1.65K Shares

बुटवल । रुपन्देहीको देवदहमा तीजको दर खादा 'फूड पोइजन' भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् ।

देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका छन् । उनका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ भने ५ जनाको देवदह मेडिकल कलेज तथा अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् । दर खाने कार्यक्रममा ३५ जना सहभागी भएका थिए । उपचारमा संलग्न अनिता मेडिकल हलका डा. छविलाल गिरीका अनुसार उनीहरुमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।