ताजा अपडेट »

तिलोत्तमाको एनजी मार्टमा तीज गीत प्रतियोगिता

शनिबार, ०८ भदौ २०८१, ०८ : १७
442 Shares
शनिबार, ०८ भदौ २०८१
442 Shares

बुटवल । हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि रुपन्देहीको तिलोत्तमास्थित एनजी मार्टमा तिज गीत प्रतियोगिता हुने भएको छ । मौलिक पर्वलाई जगेर्नासँगै उपभोक्तालाई मनोरन्जन दिने गरि भदौको दोस्रो हप्ताबाट खुला तीज गीत प्रतियोगिता हुने भएको हो ।

मार्ट परिसरमा शुक्रबार पत्रकार सम्मेलन गरि अध्यक्ष नारायण बन्जाडेले आफूहरु लक्ष्य अनुसार काम गर्न सफल भएको बताए । कोभिड १९ संक्रमण र आर्थिक मन्दीकै कारण केही कठिनाई भएको भन्दै नेपाली उपभोक्तालाई भारतीय बजार जानबाट रोक्ने लक्ष्यमा सफल भएको बताए । तीज गीत प्रतियोगितामा सहभागीताका लागि भदौ १० गतेसम्म दर्ता अवधि तोकिएको उनले बताए । प्रतियोगितामा आमा समुह, विद्यालयहरुबाट गरि करीब ४ सय बढी टिमहरु सहभागी रहने अनुमान छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २५, १५, १० हजार रुपैया पुरस्कार पाउने छन । तीज अवधिमा ५० हजार उपभोक्ता भित्राउने लक्ष्य रहेको उनले बताए । सात सय टोल विकास संस्था र ५ सय आमा समुहलाई समेटेर टाईअप गरेर अघि बढ्न लागेको उनले बताए । उपभोग्य खरिदमा रोयल्टी पोईन्ट समेत उपलब्ध गरि केवाईसी भर्ने र अन्तरक्रियासमेत गरिरहेको उनले बताए । साथै विभिन्न बैकसँग समन्वय गरि कार्ड प्रयोगमा छुट दिने तयारीमा रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।