ताजा अपडेट »

साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा

शुक्रबार, ०७ भदौ २०८१, २० : ५०
24 Shares
शुक्रबार, ०७ भदौ २०८१
24 Shares

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको हो ।

समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । यो जितपछि भारत समुह बिजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भुटान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने छ र यो खेल आइतबार हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने छन् । दोस्रो सेमिफाइनल सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।