ताजा अपडेट »

परराष्ट्रमन्त्री राणासँग राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाद्वारा ओहोदाको प्रमाण पत्र पेश

शुक्रबार, ०७ भदौ २०८१, १५ : ५०
42 Shares
शुक्रबार, ०७ भदौ २०८१
42 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेटवार्ता गरेकी छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् । 

भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।