ताजा अपडेट »

संस्थागत क्षमता स्वमूल्यांकनमा रुपन्देहीको तिलोत्तमा दोस्रो

शुक्रबार, ०७ भदौ २०८१, १४ : ५५
32 Shares
शुक्रबार, ०७ भदौ २०८१
32 Shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनमा उच्च अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । स्वमूल्यांकन अनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) दोस्रो र रत्ननगर नगरपालिका (चितवन) तेस्रो भएका छन् । मन्त्रालयले ती नगरपालिकाहरुलाई पुरस्कृत समेत गरेको छ । यस्तै गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ बाट स्थानीय तहको संस्थागत स्वमूल्यांकन सुरु गरिएको भएपनि मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता काली प्रसाद पराजुलीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।