ताजा अपडेट »

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला

शुक्रबार, ०७ भदौ २०८१, १३ : ४४
406 Shares
शुक्रबार, ०७ भदौ २०८१
406 Shares

काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

उक्त बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । यात्रुबारे थप विवरण आउन बाँकी छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।