ताजा अपडेट »

माओवादीको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक शुरू

शुक्रबार, ०७ भदौ २०८१, १३ : ३०
18 Shares
शुक्रबार, ०७ भदौ २०८१
18 Shares

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक शुरु भएको छ ।

उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरू भएको हो । बैठक भोलिसम्म चल्ने छ । 

यस बैठकले पार्टीको आगामी कार्ययोजना बारे केन्द्रीय नेतृत्वलाई सुझाव दिने बताइएको छ ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बस्नु अघि प्रदेश स्तरको परामर्श बैठक गर्ने निर्णय अनुसार अहिले परामर्श बैठक चलिरहेको हो । यस अघि माओवादी केन्द्रको बागमती प्रदेश स्तरको परामर्श बैठक सम्पन्न भइसकेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।