ताजा अपडेट »

मर्स्याङ्दी नदीमा बस दुर्घटना अपडेट : २९जनाको उद्धार

शुक्रबार, ०७ भदौ २०८१, १३ : ०७
190 Shares
शुक्रबार, ०७ भदौ २०८१
190 Shares

तनहुँ । आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा भएको बस दुर्घटनामा परेका २९ यात्रुको उद्धार भएको छ ।  बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अहिलेसम्म २९ जनाको उद्धार भए पनि घाइतको अवस्था भने यकिन भएको छैन । 
 
शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० जना यात्रु रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।