ताजा अपडेट »

युक्रेनको राजधानी कीभ पुगे मोदी

शुक्रबार, ०७ भदौ २०८१, १२ : ५९
24 Shares
शुक्रबार, ०७ भदौ २०८१
24 Shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी कीभ पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका हुन् ।

१९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीको यस युक्रेन भ्रमणलाई रुस-युक्रेन युद्धसँग जोडेर हेरिएको छ । मोदीले युक्रेनलाई रुससँगको जारी युद्धमा नयाँ सहमतिमा लैजान पहल गर्न सक्ने विश्लेषण गरिएको छ ।

रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् ।

मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । यस क्रममा उनले युक्रेनका राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।