ताजा अपडेट »

तीन सय करोड क्लबमा पुग्यो स्त्री- २

शुक्रबार, ०७ भदौ २०८१, १२ : ५८
62 Shares
शुक्रबार, ०७ भदौ २०८१
62 Shares

 

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको आठौ दिन विहिबार मात्र १८ करोड २० लाख कमाई गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म ३०७ करोड ८० लाख कमाई गरिसकेको छ । योसँगै फिल्म रिलिजको आठौ दिन तीन सय करोड क्लबमा पुगेको छ ।

यसअघि फिल्म जवान छैटौं दिन, पठान र एनिमल सातौँ दिन तीन करोड क्लबमा पुगेका थिए भने गदर-२ पनि आठौ दिनमा तीन सय करोड क्लबमा पुगेको थियो । 

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।

त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख र बुधबार २० करोड ४० लाख कमाएको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको थियो ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।