ताजा अपडेट »

पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

शुक्रबार, ०७ भदौ २०८१, १२ : १६
34 Shares
शुक्रबार, ०७ भदौ २०८१
34 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्ले पूर्व विशिष्ट व्यक्तिलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ।आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउन लुम्बिनी प्रदेश सरकारले पूर्वपदाधिकारीको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थिले जानकारी दिए। 

वि।सं। २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका अर्थात पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी तथा सभामुख पूर्णबहादुर घर्तीले सेवा सुविधा लिँदै आएका थिए। यो निर्णयसँगै अव पूर्वमुख्यमन्त्री केसी र पूर्व सभामुख घर्तीले गाडी सुविधा फिर्ता गर्नु पर्छ ।  आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउन पूर्व विशिष्ट व्यक्तिहरुलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय गरिएको उनले बताए। यो अन्तर्गत पूर्व विशिष्ट व्यक्तिले गाडी, इन्धन,मर्मत, चालक, पिएसओको सुविधा लिँदै आएका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।