ताजा अपडेट »

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

शुक्रबार, ०७ भदौ २०८१, ०८ : ५०
24 Shares
शुक्रबार, ०७ भदौ २०८१
24 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ ।

यस बैठकमा साउन २३ गते २०८० फागुन ७-१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय-गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए ।   
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।