ताजा अपडेट »

सहकारी ठगी प्रकरणमा आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै

शुक्रबार, ०७ भदौ २०८१, ०७ : ३४
50 Shares
शुक्रबार, ०७ भदौ २०८१
50 Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिदै छ ।

समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरुसँग पनि छलफल गरेको छ । समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सुर्य थापाले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।