ताजा अपडेट »

रवि लामिछानेलाई सहकारी छानबिन समितिले बयानका लागि बोलायो

विहीबार, ०६ भदौ २०८१, १७ : ०२
78 Shares
विहीबार, ०६ भदौ २०८१
78 Shares

काठमाडौँ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ । 

लामिछानेलाई शुक्रबार बस्ने समिति बैठकमा बयानका लागि बोलाइएको सभापति सूर्य थापाले बताए ।लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ । 

बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको  भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि शुक्रबार नै बोलाइएको छ । यसैबिच बिहीबारको बैठकमा समितिले विभिन्न सहकारी र कम्पनीमा संलग्न रहने व्यक्तिहरूमध्ये तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेललाई बोलाएर बयान लिएको छ । 

तत्कालीन अवस्थामा हर्बो कारोबारमा संलग्न उनी पछिल्लो समय सन्न्यासी बनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।