ताजा अपडेट »

जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्छौं: प्रधानमन्त्री ओली

विहीबार, ०६ भदौ २०८१, १६ : ११
32 Shares
विहीबार, ०६ भदौ २०८१
32 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ति गर्ने छुट नभएको बताउदै जनताले औलो ठड्याउने गरि काम नगर्ने बताएका हुन् ।

उनले भने- ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन् । कुनै छुट छैन् ।’

उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।