ताजा अपडेट »

रुपन्देहीमा ट्रक ठक्करबाट एक पैदलयात्रीको मृत्यु

विहीबार, ०६ भदौ २०८१, १४ : २५
4.06K Shares
विहीबार, ०६ भदौ २०८१
4.06K Shares

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दार रहेका छन् । लू २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधवार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।