ताजा अपडेट »

माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक आज सकिदै

विहीबार, ०६ भदौ २०८१, १३ : ४३
26 Shares
विहीबार, ०६ भदौ २०८१
26 Shares

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । बागमती प्रदेशको बैठक आज सम्पन्न हुँदै छ ।

यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीति बारे सुझाव दिने बताइएको छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।