ताजा अपडेट »

अमेरिकामा चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप

विहीबार, ०६ भदौ २०८१, १३ : १५
44 Shares
विहीबार, ०६ भदौ २०८१
44 Shares

 

काठमाडौँ । अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् । अमेरिकामा बस्ने यी चिनियाँ व्यक्तिलाई चीनको गुप्तचर एजेन्सीको जासूस भएको आरोप लागेको छ ।

अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ । चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लागेको छ ।

जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, 'ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।'

ताङमाथि इ-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप छ।

यसबाहेक, उनले लगातार एमएसएस अर्थात् राज्यको सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै गरेको समेत रिपोर्टमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।