ताजा अपडेट »
ईजी लोन

ईसेवाले ‘ईजी लोन’ का रूपमा २ लाख रुपैयाँसम्म ऋण दिने, क-कसले पाउँछन् ?

विहीबार, ०६ भदौ २०८१, १२ : ४८
46 Shares
विहीबार, ०६ भदौ २०८१
46 Shares

काठमाडौं  । भुक्तानी सेवा प्रदायक ईसेवाले अब ग्राहकलाई ऋण दिने भएको छ । बुधबार डिजिटल लन्च इभेन्टमार्फत कम्पनीले ‘ईजी लोन’ सेवा ल्याएको हो । ग्राहकले ईसेवामार्फत गर्ने दैनिक कारोबार, रिवार्ड पोइन्ट, ग्राहक ईसेवामा आवद्ध भएको समय र क्याशब्याकको आधारमा कम्पनीले स्कोरकार्ड तयार पारेको छ ।

यही स्कोरकार्डको आधारमा ग्राहक ऋण पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गरिने कम्पनीले जनाएको छ । त्यसैका आधारमा ग्राहकले ऋण माग गर्न सक्नेछन् । पहिलो चरणमा कम्पनीले ऋण लिन सकिने सेवा एजेन्टका लागि मात्र उपलब्ध गराएको छ । उनीहरूले आफ्नो स्कोरकार्डका आधारमा बढीमा दुई लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।

यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ । ईसेवाले कर्जा प्रवाह सेवाका लागि कुमारी बैंक लिमिडेट र फोनलोनसँग सहकार्य गरेको छ । 

निकट भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरुलाई ‘इजी लोन’ सेवा दिने ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए । ​ईसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई अनलाइन भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न अग्रसर भएको उनले उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।