काटमाडौं । काठमाडौं चन्द्रागिरिमा विहिबार विहान शंकास्पद वस्तु फेला परेको छ। चन्द्रागिरि नगरपालिका–१२ बलम्बु स्कुल नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा प्रहरी टोली र नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। ‘शंकास्पद वस्तु बम हो होइन खुलेको छैन,’ अधिकारीले ‘केही समयपछि नै त्यसको वास्तविकता खुल्छ।’ घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
प्रतिक्रिया