ताजा अपडेट »

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

विहीबार, ०६ भदौ २०८१, ०७ : २३
28 Shares
विहीबार, ०६ भदौ २०८१
28 Shares

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने कार्यक्रम रहेको छ ।

यस बाहेक आजको बैठकमा संसदमा विभिन्न विधेयक पेस गर्ने तालिका रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।