ताजा अपडेट »

वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै संरक्षण गरेको छ : प्रभु साह

बुधबार, ०५ भदौ २०८१, १९ : ३४
26 Shares
बुधबार, ०५ भदौ २०८१
26 Shares

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् । रौतहटको छतौना र विश्रामपुरमा आज आजपा नगर कमिटीद्वारा आयोजित “बैदेशिक रोजगारका ठगलाई सरकारले कारवाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले वैदेशिक रोजगारका ठगहरुलाई कारवाही नगरी सरकारले संरक्षण गरेको बताए ।

`गाउँ देहातका गरिब युवाहरू रोजगारका लागि बिदेशिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ´ आजपा अध्यक्ष साहले भने, `नेपालमा स्वास्थ्य परिक्षण गरि वैदेशिक रोजगारमा जाने युवाको बिदेशमा मृत्यु हुन्छ । उनीहरुको लास नेपाल आउँछ । यहाँ बलियो, स्वास्थ रहेका युवाको बिदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर बिदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारवाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।´ 

केही म्यानपावर कम्पनीसंग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत साहले आरोप लगाए । सरकारका केही मन्त्री, सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरुले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए । यस्ता लुटेरा र भ्रष्टहरुलाई कारवाहीको माग गर्दा समेत मन्त्रीहरु मौन बस्ने र सरकारी निकायले केही नगर्नाले पीडित परिवारले झन दुख पाइरहेको साहले बताए । यस्ता भ्रष्टहरुका विरुद्ध जनकारवाहीका लागी आम जनता तयार हुनुपर्ने उनले बताए  । 

कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीड़ितलाई न्याय दिलाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।