ताजा अपडेट »

कटुवा पेस्तोलसहित एक जना पक्राउ

बुधबार, ०५ भदौ २०८१, १९ : ३२
34 Shares
बुधबार, ०५ भदौ २०८१
34 Shares

झापा । अर्जुनधारा नगरपालिका-४ दहिझोडा बस्ने ६२ वर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान अवैध कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा अवैध हात हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा कुखुराको खोरमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।