ताजा अपडेट »

समन्वय समितिको साधारणसभा असोजमा हुने

बुधबार, ०५ भदौ २०८१, १७ : ०९
44 Shares
बुधबार, ०५ भदौ २०८१
44 Shares

तिनाउ । सामुदायिक वन समन्वय समिति, तिनाउ पाल्पाले आफ्नो वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई  आउँदो असोज ५ गते शनिवार गर्ने भएको छ । साधारणसभा तिनाउ गाउँपालिका–२ दोभानमा सम्पन्न गर्ने बुधबार बसेको समिति बैठकले निर्णय गरेको छ । 

बैठकले साधारणसभा सम्पन्न गर्नका लागि प्रतिवेदन लेखन उपसमिति, पुरस्कार छनौट तथा सम्मान उपसमिति, मञ्च तथा खाजा व्यवस्थापन उपसमिति, अतिथि स्वागत तथा सत्कार उपसमिति, सूचना तथा सञ्चार उपसमिति गठन गरी परिभाषित जिम्मेवारी तोकेको छ । बैठकले समितिको आर्थिक वर्ष २०८०÷०८१ को आन्तरिक अडिटका लागि शिव पाण्डेयको संयोजकत्वमा सरस्वती पन्थ र दुर्गा थापालाई मनोनयन गर्ने निर्णय गरेको समितिका कोषाध्यक्ष बिनोद बस्यालले जानकारी दिए । समितिको नियमित बैठक अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।