ताजा अपडेट »

दाङमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु

बुधबार, ०५ भदौ २०८१, १४ : ३२
162 Shares
बुधबार, ०५ भदौ २०८१
162 Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिए ।

सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर वेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

घटना बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो । ‘सुरुमा यामबहादुर कुवामा पसेका थिए । उनीहरु कुवामा पसेर नबोलेपछि फेरी मुकेश गएका उनी पनि त्यही बेहोस भएका थिए ।’ श्रेष्ठले भने दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेवित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुबै जनाको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

 

 

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।