ताजा अपडेट »

तीज पर्वको विश्लेषण

बुधबार, ०५ भदौ २०८१, १४ : ०८
158 Shares
बुधबार, ०५ भदौ २०८१
158 Shares

विनोद पाण्डे/ विगतमा तीज पर्व मनाउने शैलीको स्मरण गर्दै हाल मनाउन पुगिएको  अश्लिलताको भाव जनाएर आधुनिक नाम दिएर वर्तमान समयमा मनाउन लागिएको तिजको  अवस्था र शैलीको मुल्याङकन गर्दै विगतको तिजको स्वरुपमा परिवर्तन भएर हालको तीज  (आधुनिक  तीज) को  स्वरुपलाई अपनाउन परेको अवस्था,व्यवहार र सन्दर्भको बारेमा केही दृष्टिकोण सहितको विश्लेषण गरौँ  ।

-विगतमा वर्षमा पर्ने पर्वमा मात्र चामलको भात खान पाईने तथा  हरेकको गाउँघरमा गाईभैसी पाल्ने परिपाटी तथा समयमा घ्युको प्रयोग गरी आमाले पकाएको दरको महत्व ज्यादा हुन्थ्यो  तर हाल तिज पर्व परेको समय भन्दा २ महिना अगावै नै रेष्टुरेन्टमा पाटी खाने चलनले तिजमा आधुनिकताको रुप विकसित भएको छ।

-विगतमा मोबाईल ,फोन तथा सामाजिक सञ्जाल बाट टाढा रहेको दुनियामा दाजुभाई तिज पर्वको निमन्त्रणाको लागि दिदिबहिनीको घरमा जाने र ज्वाइँ/भिनाजु र दिदिबहिनीको सासू ससुरासँग विनम्र सहितको माईत पठाउन गरिएको अनुरोधको महत्व ज्यादा थियो तर हालmassanger, whatsapp,imo जस्ता माध्यम प्रयोग गरी भिडियो कल गरी निमन्त्रणा गर्ने प्रक्रियाले तिजको आधुनिकतालाई झल्काएको छ ।

-तिजको दिनमा डाँडामा साथीहरुसगै मादलको  जोड आवाज तथा संगीतको त्यो लहरले वास्तवमै तिजको आभाष दिन्थ्यो तर हाल साथीहरुको प्रतिस्पर्धात्मक समयले गर्दा न साथी,न संगीत  न त संगतले गर्दा तिज आधुनिकताको तीज बनेको छ ।

-पीडा,दुख,तनाव,कष्ट,समस्या पोख्ने माध्यम बनेको परम्परागत तिजको साटो लाखौ र करोडौ पर्ने गहना देखाउने स्थान बनेको छ हालको आधुनिक तीज ।

-विगतमा श्रीमान श्रीमती करेसाबारी,खेतबारी , घरबारीमा र हरेक सुखदुखमा  सगै रहन्थे र त्यसै स्वरुपका गित र लयमा परम्परागत तिज मनाईन्थ्यो भने हाल श्रीमतीले श्रीमानलाई विदेश पठाउन विमानस्थलमा जाने र रुने अनि   भिडियो बनाई टिकटकमा राख्ने स्वरुप र लयमा आधुनिक तीज मनाईएको छ ।

-दिदिबहिनी  लिन जाने दाजुभाई रोजगारीको सिलसिलामा विदेशिन पुगे भने डाँडामा मादल घन्काउने, ताली पड्काउने युवाहरु शहरमा भौतारिदै छन अनि दाजुभाई र युवावर्ग विहिन तिजलाई  आधुनिकताको तिजको रुपमा लिन थालिएको छ।

- आमा तिमिले दर पकाएर खुवाउने छोरी पढ्न भनी विदेश गएकी छिन, तिमिले माईत आउ भनी बोलाएकी छोरी तीज मनाउन होटल, पाटी प्यालेस गएकि छिन त्यसैले यस्तो प्रकृतिको तिजलाई आधुनिकताको रुपमा  रहेको तीज मानिएको छ।

- दिदी लिन जाउ बाबू ,आमाले पकाएको दर बरिलै  भन्ने गितबाट विस्ताराले पोल्यो र जवानीले पोल्यो भन्ने गित गाउन पुगेका छौ जसलाई आधुनिकताको तिज हो भनी परिभाषित गरेका छौँ।

-विगतको तिजले माईत, आमाबुबा, दिदिबहिनी , दाजुभाई र साथीको सम्बन्धलाई थप प्रगाढ बनाउन्थ्यो तर हालको तिजले दुई प्रेमीको डेटिङको सेटिङको बयान गर्न पुगेको छ । अनि यसलाई आधुनिक तीज भनिएको छ।

माईतको अस्तित्व राख्न, नाता कायम राख्न, सम्बन्धलाई उचित रुपमा झल्काउन मनाईने तीजले माईत जोड्न, नाता कायम राख्न नै सफल रहोस  शुभकामना सबै नेपाली चेलीहरुलाई । आउ चेली माईतमा बाबाले बारीबाट ल्याएको तामा सहितको आमाले पकाएको दर खान। दर माईतमा पाईन्छ पाटी प्यालेसमा होईन । 

यो शुद्व  पर्वलाई आधुनिकताको नाममा अश्लिलता बनाउन खोज्नु गलत हो । तीजको भाव बुझेर, समाजले विगतदेखि मनाउद‌ै आएको परम्परागत शैली नै अपनाएर तीज मनाउने गरौँ । 
शुभकामना २०८१ सालको तिज पर्वको  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।