बुटवल । विगत ६ वर्षदेखि लगातार यस क्षेत्रमा सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ बुटवल स्मार्ट सिटिले अक्षयकोष निर्माण गरेको छ ।
संस्थाका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा बुटवलको कान्ति स्कुलमा ‘विद्या लक्ष्मी भारी स्मृति’ अक्षय कोष स्थापना गरेको हो । लायन्स इन्टरनेशनल ३२५ पि का डिस्टृक गभर्नर पुरोशत्त्म भक्तप्रधानाङको प्रमुख अतिथ्यतामा विद्यालयका प्रधानध्यापक गोबिन्द ज्ञवाली लायन बालाराम भट्टराई, पिएमजेएफ सेकेन्ड भिडिजी सन्दीप कशौधन, डिष्टृक्ट जिएमटि र्डिनेटर एमएल पाण्डे, सहयोग दाता झबिन्द्रमान भारिको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थापनक अध्यक्ष सुरेन्द्र मान भारीकी ममतामयी आमाको सम्झानामा बुवा झपिन्द्र मान भारीले उक्त कोषको लागि आर्थिक सहयोग गरेका हुन्। उक्त कार्यक्रमको संचालन सचिब जीवन श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य सुरेन्द्र मान भारी राखेका थिए। उक्त अक्षकोष गरिब तथा जिहेन्दार चार जना विद्यार्थीलाई प्रत्येक वर्ष पदान गरिने छ ।
प्रतिक्रिया