ताजा अपडेट »

दीप बोर्डिङको स्थापना दिवसः यस वर्ष पनि दीप गायन तारा

शुक्रबार, ०२ फागुन २०७६, ११ : ४०
34 Shares
शुक्रबार, ०२ फागुन २०७६
34 Shares

फागुन २,
ग्लोबल आवाज

बुटवल । दीप बोर्डिङ हाई स्कूलले विगतका वर्षमा जस्तै यस वर्ष पनि आफ्नो स्थापना दिवसको अवसरमा दीप गायन तारा कार्यक्रमको आयोजना गर्ने भएको छ । ३९ औ स्थापना दिवसको अवसरमा फागुन ४ र ५ गते नवौँ जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय दीप गायन तारा प्रतियोगिताको आयोजना गर्न लागेको विद्यालयले शुक्रकार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

विद्यायलले स्थापना कालदेखि नै युग सुहाउँदो गुणस्तरी शिक्षा र अतिरिक्त क्रियाकलाप सञ्चालनमा महत्व दिर्दै विद्यार्थीहरु भित्र लुकेर रहेका प्रतिभालाई अगाडी ल्याएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताएका छन् । दीप बोर्डिङ्ले आयोजना गरेको दीप गायन ताराका हालसम्म अस्मिता चापागाई,प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ्, नवीन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार र सक्सेस पाण्डे दीप गायन तारा बन्नेको बताउँदै ती विद्यार्थी कलाकारहरु राष्ट्रिय कलाकारिताको क्षेत्रमा स्थापित भएको समेत प्राचार्य न्यौपानेले बताएका छन । दीप गायन तारा अन्तर्गत फागुन ४ गते पहिलो चरणमा विना ट्याक सहित १५ जनालाई छनोट गरिने छ भने सोहि दिनकै दोस्रो चरणमा ट्याक सहित १० जनालाई छनोट गरिने छ ।

नवौँ दीप गायन तारामा प्रथम हुनेले नगद ३० हजारसहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा द्धितृय, तृतीयले क्रमशः नगद २० हजार , १० हजारसहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्तवना हुने २ जनाले पनि २–२ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै अन्य ५ जना प्रतिस्पर्धीले पनि जनही १–१ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा रुपन्देहीका जिल्लाका प्रत्येक विद्यालयबाट एक जनाले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् भने यस प्रतियोगितामा दीप वोर्डीङ्का कुनै पनि विद्यार्थीले सहभागिता नजनाउने विद्यालयले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि करिब ४ लाख खर्च हुने अनुमान गरेको विद्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएका थियो ।

विद्यालयले आफ्नो स्थापनाको ३९ औँ स्थापना दिवसको अवसरमा विद्यालयले खेलदकूद पत्रकारिता मार्फत् उल्लेख्य योगदान पुराउने एक जना पत्रकारलाई नगद १० हजारका साथ कदर पत्रले सम्मान पनि गर्ने भएको छ । फागुन ५ गते विद्यालयको विद्यालयको स्थापना दिवसको अवसरमा मूल समारोह तथा समापन कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।