ताजा अपडेट »

चेम्बर अफ कमर्स लुम्बिनीको अधिवेशन शनिबार हुने

बुधबार, ०५ भदौ २०८१, ०८ : ३१
92 Shares
बुधबार, ०५ भदौ २०८१
92 Shares

बुटवल । निजी क्षेत्रको पहिलो संस्था नेपाल चेम्बरअफ कमर्स लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आगामी शनिवार बुटवलमा हुने भएको छ । अधिवेशनका  लागि चेम्बर लुम्बिनी प्रदेशले विभिन्न उप समितिहरु गठन गरी तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि जिल्ला, नगर र गाउँ चेम्वरहरुले प्रतिनिधि छनोट गरिरहेको चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले बताए ।  

नेपाल चेम्बर अफ कमर्स लुम्विनीले जिल्ला, नगर, गाउँ तहमा चेम्वरलाई विस्तार गर्नुका साथै एशोसिएट र वस्तुगत सदस्यता समेत प्रदान गरेको जनाएको छ । लुम्बिनी प्रदेशमा अहिले चेम्बरका ५० भन्दा बढी शाखाहरु छन् । जिल्ला, नगर र गाउँ चेम्वरबाट ३ जनाका दरले प्रतिनिधि छनोट भएका छन् भने वस्तुगत र एशोसिएटबाट एक–एक जना प्रतिनिधि छनोट हुनेछन् । अधिवेशनले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, जिल्लानगर उपाध्यक्ष १, वस्तुगत उपाध्यक्ष १, एशोसिएट उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १, सचिव २ र बांकी सदस्यसहित २७ सदस्यीय कार्यसमिति चयन गर्नेछ । 

अधिवेशन अन्तर्गत बुधवारदेखि निर्वाचन प्रकृया शुरु हुने महासचिव जे.पी.कंडेलले बताए । दोस्रो अधिवेशनसम्म आइपुग्दा लुम्बिनी प्रदेशमा चेम्बरले ब्यापक शाखा विस्तार गरेको बताउँदै महासचिव कंडेलले आगामी वर्षदेखि संस्थागत विकासमा जोड दिने बताए । शनिवार हुने अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।