ताजा अपडेट »
साफ यू–२० च्याम्पियनसिप

बंगलादेशले श्रीलंकालाई हरायाे, श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

समूह विजेता का लागि बंगलादेशसँग भिड्ने

मंगलबार, ०४ भदौ २०८१, २३ : १०
168 Shares
मंगलबार, ०४ भदौ २०८१
168 Shares

नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले विजयी सुरुवात गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको बगंलादेशले दोस्रो हाफमा १ गोल थप्यो। च्याम्पियनसिपको समूह चरणमा लगातार दोस्रो हार व्यहोरेको श्रीलंका भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।

च्याम्पियनसिपमा पहिलो जित निकालेका बंगलादेश र नेपाल भने एक खेल अगावै सेमिफाइनलमा पुगेका छन्। समूह चरणको अन्तिम खेलमा अब नेपाल र बंगलादेश भिड्नेछन्। सो खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यी दुई टोली बिहिबार भिड्नेछन्।

च्याम्पियनसिपमा बुधबार समूह बी को खेलमा मालदिभ्स र भुटान भिड्नेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।