ताजा अपडेट »

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

मंगलबार, ०४ भदौ २०८१, १५ : ००
442 Shares
मंगलबार, ०४ भदौ २०८१
442 Shares

बुटवल । अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–१३, सिमलपानीका ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिएको थियो । पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए । पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।