ताजा अपडेट »

सैनामैना डुबानमा : विद्यालय बन्द, २२ हजार विद्यार्थीको पठनपाठन प्रभावित

मंगलबार, ०४ भदौ २०८१, १४ : २८
2.02K Shares
मंगलबार, ०४ भदौ २०८१
2.02K Shares

बुटवल । गएरातीदेखि परेको अविरल वर्षाले रुपन्देहीको सैनामैना डुबानमा परेको छ । विशेष गरी पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बजारमा डुबान भएका छन् । डुबानले बालबालिकाहरु घर बाहिर निस्कन सक्ने अवस्था नभएपछि मँगलबार १ दिनका लागि शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिनु परेको नगरपालिकाकी शिक्षा शाखा प्रमुख राधा बेलबासेले जानकारी दिइन् । 

सैनामैनामा १९ संस्थागत तथा २१ वटा सामुदायिक विद्यालय रहेका छन् । डुबानले विद्यालय बन्द गर्नुपर्दा यहाँ अध्ययनरत २२ हजार बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षा शाखा प्रमुख बेलबासेले जानकारी दिइन् । अधिकांश विद्यालयका प्राङ्गणहरुमा पानी जमेका कारण बालबालिकालाई सास्ती हुने भएकाले विदा आह्वान गरिएको हो । सैनामैनाका बजार क्षेत्रहरु रानीबगिया, झारवैरा, मुर्गिया, सालझण्डी, कलौनी लगायतका क्षेत्रमा डुबान भएको विपद महाशाखाका प्रमुख सुरज न्यौपानेले जानकारी दिए । हालसम्म ठूलो भौतिक क्षति तथा मानवीय क्षति व्यहोर्नु नपरे पनि आवश्यक तयारीका लागि डुबान क्षेत्रको अनुगमन गरिएको नगर प्रमुख फणिन्द्र शर्माले जानकारी दिए । उनले आज विहानैदेखि विभिन्न बजार क्षेत्र तथा दानव नदी किनार क्षेत्रमा अनुगमन गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।