ताजा अपडेट »

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

मंगलबार, ०४ भदौ २०८१, १४ : १४
26 Shares
मंगलबार, ०४ भदौ २०८१
26 Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।

ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी' मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् । टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।