ताजा अपडेट »

साफ यू-२० च्याम्पियनसिपमा आज बंगलादेश र श्रीलंका खेल्दै

मंगलबार, ०४ भदौ २०८१, ११ : ५७
10 Shares
मंगलबार, ०४ भदौ २०८१
10 Shares

काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत बंगलादेश र श्रीलंका खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ । आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।

समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ । 
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।